IME Life New

ओरिएण्टल इन्स्योरेन्सद्वारा सिएसआर अर्न्तगत २० लाख रुपैयाँ आर्थिक सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अर्न्तगत २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । जसमध्ये १० लाख रुपैयाँ जाजरकोट भुकम्प पिडितको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा र १० लाख रुपैयाँ समता शैक्षिक गुठीमा प्रदान गरिएको जनाएको छ ।

रकम वितरण कार्यक्रममा कम्पनीको केन्द्रिय कार्यालय दिल्लीवाट आएका कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक आर। आर। सिंह तथा भम्रण टोलीमा संलग्न महाप्रवन्धक रेखा मोहन्ती ठाकूर र यस कम्पनीका नेपाल स्थित कार्यालयका प्रमुख कार्यकारी अधिकृत टी.चक्रवर्तीले उक्त रकम बराबरका चेकहरु हस्तान्तरण गरेका हुन् ।

Crest

हाल कम्पनीको अध्यक्ष तथा प्रवन्ध निर्देशक लगायत उच्च पदस्त पदाधिकारीहरु फाल्गून २२ देखि फाल्गून २४ सम्म नेपाल कार्यालयको भ्रमण रहेको र उक्त भ्रमणको मूख्य उद्देश्य नेपालमा बीमा व्यवसायको विकास, विस्तार तथा सामाजिक उत्तरदायित्वमा योगदान प्रदान गर्ने रहेको जनाइएको छ । भ्रमणका क्रममा अध्यक्ष तथा प्रवन्ध निर्देशक आर. आर. सिंहबाट कम्पनीद्धारा बजारमा ल्याइएको युवा लक्षित नयां बिमालेख “Oriental Youth Eco Care policy” को बिक्री सुरु गरेका छन् ।

दि ओरिएण्टल नयाँ दिल्लीको शाखा कार्यालयको रुपमा नेपालमा बि. स. २०२४ मा स्थापना भएको हो । कम्पनीले नेपालमा शाखा बिस्तार गरे देखि स्थानिय आवश्यकता अनूसार सम्पत्ती, मोटर, मेरिन, इन्जिनियरीङ, व्यक्तिगत दुर्घटना, स्वास्थ्य बीमा लगायत ठूलाठूला उद्योग, कलकारखाना पुल, जलविद्यूत जस्ता संरचनाको प्रत्यक्ष बीमा गर्ने तथा नेपाल स्थित स्थानिय बीमा कम्पनीहरुसँग पुनर्बीमामा समेत सहकार्य गर्दै आइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS