IME Life New

ऐनसेलले ल्यायो नयाँ योजना, मेन ब्यालेनसबाट डाटा प्रयोग गरेको आधारमा बोनस पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसेलले नयाँ डेटा बोनस योजना सावर्जनिक गरेको छ । जसअन्तर्गत एनसेलका प्रयोगकर्ताले इन्टरनेट मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा प्याक प्रयोग गर्न पाउने भएका छन् । यस योजनामा सहभागी हुने ग्राहकहरुले मेन ब्यालेन्स अर्थात पे एज यु गोबाट चलाउँदा लाग्ने दुई रुपैयाँ प्रतिएमबी दर ८० प्रतिशतसम्म घट्छ।

Esewa
Crest

मेन ब्यालेन्सबाटै डेटा सेवा प्रयोग गर्ने र प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित यो अफर आइतबारदेखि कार्यान्वयनमा आउनेछ। कम्पनीका अनुसार यो अफरमा डेटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डेटा सेवाको शुल्कथप घट्दै जान्छ । ग्राहकले मेन ब्यालेन्सबाट डेटामा खर्च गरेको आधारमा बोनस डेटा दिने कम्पनीले जनाएको छ।
ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५, १०, २०, ३० वा यो भन्दा थप १० रुपैयाँका दरले खर्च गर्दै जाँदा त्यही अनुपातको बोनस पाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसरी पाउने डेटाको अवधि दुई दिनको समयावधि हुनेछ ।

कम्पनीका अनुसार ग्राहकले पे एज यु गो अन्तर्गत पहिलो १० रुपैयाँ खर्च गरेपछि, प्रत्येक थप १० डेटामा खर्च गरे वापत २०/२० एमबी बोनस डेटा तत्कालै पाउनेछन् । कम्पनीले ग्राहकले दुई रुपैयाँ मेन ब्यालेन्सबाट डेटा खर्च गरेमा तत्कालै दुई एमबी डेटा बोनस पाउने जनाएको छ ।

यो अफर आइतबारदेखि शनिबारको साप्ताहिक रुपमा संचालन हुने कम्पनीले जनाएको छ । हप्ताभित्रजति मेन ब्यालेन्सबाट पे एज यु गोमार्फत डेटामा खर्च गरेको हिसाबको आधारमा ग्राहकले बोनस पाउने कम्पनीको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS