काठमाडौं । एशियन हाईड्रोपावरमा नयाँ पाँच सदस्यीय सञ्चालक समिति गठन भएको छ । कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले नयाँ सञ्चालक समिति गठन गरेको हो । उक्त नयाँ संचालक समितिको अध्यक्षमा शम्भु प्रसाद फुयाल रहेका छन् भने सञ्चालकहरुमा सुष्मा श्रेष्ठ, रवि कृष्ण मुल्मी, अमित कुमार शाह र राजकुमार लाखे नियुक्त भएको कम्पनीले जनाएको छ ।
1688382271701एशियन हाईड्रोपावरमा नयाँ सञ्चालक समिति गठन

















