IME Life New

एशियन लाइफ इन्स्योरेन्सद्वारा १० लाख ८८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ । विराटनगर १३ मोरंग बस्ने विणा देवी ठाकुरको श्रीमान स्वयम्भु नारायण ठाकुरको २०८० भदौ २७ गते ५२ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो । निजको श्रीमतीलाई यही पुस २२ गते १० लाख ८८ हजार ९०४ रुपैयाँ मृत्यु दावी वापतको रकम हस्तान्तरण गरेको हो ।

उक्त रकमको चेक बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारी, शिक्षक एवम् बि.ए धर्म नारायण शाह प्र.ना.नी कृष्ण प्रधान, डा. रुपेश चौधरीले हस्तान्तरण गरेका हुन् ।

Crest

साथै उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानब जीवन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भबिस्य निश्चित गर्नको लागि बीमा अतिनै आवश्यक रहेको बताए ।

कार्यक्रम संचालिका सरस्वती थापाले बीमाको वास्तविकता बारे प्रस्ट धारणा ब्यक्त गर्दै आफुले कमाएको केहि अंश छुट्टाएर बीमा गर्न सल्लाह दिइन्

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS