IME Life New

एशियन लाइफले व्यतित बीमालेख नविकरणमा ५०% ब्याज छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा व्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण व्यतित भएका बीमालेखहरुमा २०७७ भदौ १४ गतेदेखि व्यतित भएका बीमालेखहरु २०७९ भदौ १५ गतेदेखि असोज १२ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने व्याजमा ५० प्रतिशत छुट दिने भएको हो ।

कम्पनीले २०७९ भदौ १४ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पुर्ण व्यतित भएका बीमालेखहरुलाई मात्र छुट दिने कम्पनीले जनाएको छ । २०८० भदौ १४ गते अघि परिपक्व हुने बीमालेखको हकमा व्याज छुट प्रदान नगर्ने कम्पनीले जनाएको छ । त्यस्तै एक पटक व्याज छुट लिइसकेका बीमितहरुलाई बीमा अवधिभर पुनः व्याज छुट प्रदान नगरिने छ ।

Esewa
Crest

व्याज छुटको सुविधा प्राप्त गर्नको लागि नजिकको शाखा, उपशाखा तथा अधिकृत अधिकर्ताहरु सँग सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS