IME Life New

एशियन लाइफद्धारा स्थायी अशक्त भएका बीमितको बीमा शुल्क छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थायी अशक्त भएका बीमितको  बीमा शुल्क छुट गरेको छ । एशियन लाइफ इन्स्योरेन्स जावलाखेल शाखाबाट बीमा गरेका गोदावारी ४ का बीमित रगिंला लामा दुर्घटनाबाट स्थायी अशक्त भएपछि निजलाई बीमा शुल्क छुट र मासिक आय भुक्तानी गरेको जनाएको छ ।

कम्पनीले निजलाई ३०/०४/२०१९ देखि ३०/११/२०१९ सम्मको प्रति २८ सय ८ का दरले जम्मा ८ महिनाको मासिक आय भुक्तानी वापत २२ हजार ६४० रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ । उक्त चेक बीमितको गोदावारीस्थित घरमै गई वडा कार्यालयका प्रतिनिधि तथा जावलाखेल शाखाका मार्केटिङका कर्मचारी र शाखा प्रबन्धक कौशिला कडेलले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

बीमितले ५ लाख बीमाङ्कको १५ वर्षे अवधिको बीमा गरेकोमा वार्षिक १ किस्ता वापत ३४ हजार ३९४ मात्र बुझाएको कम्पनीले जनाएको छ । बीमितको २०७६ साल बैशाख १६ गते रुखबाट लडेर दुर्घटनामा परि ढाडको नशा चुडिएर स्थायी अशक्त भएको हुँदा सो बीमालेख अन्तरगत बीमा अवधि समाप्त नभएसम्मको लागि कुनै पनि बीमा शुल्क भुक्तानी गर्नु नपर्ने कम्पनीले जनाएको छ ।

साथै, बीमिलाई १४ महिनासम्मको बीमाशुल्क छुट दिएको जनाएको छ । उक्त बीमितलाई प्रत्येक महिना २८ सय ८ रुपैयाँका दरले मासिक आय बीमा अवधिभर भुक्तानी गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS