काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा शिला राजभण्डारी नियुक्त भएकी छिन् । कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने गरी रिक्त रहेको संचालक पदमा बाँकी कार्यकालका लागि प्रथम इन्भेष्टमेन्ट प्रा.लीको तर्फबाट उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ २४ गतेबाट नै लागू हुनेगरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
1707366051202एशियन लाइफको संचालकमा राजभण्डारी नियुक्त

















