IME Life New

एभरेष्ट इन्स्योरेन्सको १०५ प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एभरेष्ट इन्स्योरेन्सको  १०५ प्रतिशत संस्थापक हकप्रद भर्ने आज अन्तिम दिन हो । आइतबार सम्म मात्र यसमा आवेदन दिन पाउने भएको छ । एभरेष्टले मंसिर १६ गतेदेखि संस्थापक समूहको १४ लाख ३ हजार ३२५ कित्ता सेयर बिक्री खुला गरेको हो । कात्तिक २६ गतेसम्म मात्र कायम सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।

Crest

कम्पनीले हाल कायम चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँबाट १०५ प्रतिशत संस्थापक हकप्रद सेयर निष्कासन गरेको हो । संस्थापक सेयर हिस्सा ५१ प्रतिशत बनाउन पहिला १०५ प्रतिशत संस्थापक हकप्रद जारी गरिएको हो । यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३०० प्रतिशत हकप्रद जारी गरिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं तथा एभरेष्ट इन्सुरेन्सको हात्तिसार काठमाडौं र यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS