IME Life New

एनसीसी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले सभा प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । जसका कारण आजसम्म कायम रहेका शेयरधनीले लाभांश सुरक्षित गर्न पाउनेछन् ।

बैंकले गत वर्षको नाफाबाट १० दशमलव २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ० दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।त्यस्तै, एनसीसी बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

Esewa
Crest

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन नाफानोक्सान तथा नगद प्रवाह विवरण पनि पारित गर्ने प्रस्ताव छ । बैंकको साधारण सभा माघ ९ गते हुने भएको छ । साधारण सभा एनसीसीको केन्द्रीय कार्यालय बागबजार काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS