IME Life New

एनएमबि ५० मा आबेदन दिने म्याद भदौ १० सम्म थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएमबि ५० ले बिक्री खुला गरेको १२ करोड इकाई म्युचुअल फन्डमा आवेदन भर्ने समय थप गरेको छ । पहिलो चरणको साउन १६ गतेसम्ममा आवश्यक आवेदन नपरेपछि समय थप हो । यसमा अब भदौ १० गतेसम्म आवेदन दिन सकिने छ ।

एनएमबि क्यापिटलले साउन १३ गतेदेखि ‘एनएमबि ५०’ को १२ करोड इकाई म्युचुअल फन्ड खुला गरेको हो । यसमध्ये बिज पुँजी वापत १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

Esewa
Crest

एनएमबि ५० मा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।

एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो तेस्रो म्युचुअल फन्ड हो । हाल एनएमबि हाइब्रिड फन्ड र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड सञ्चालनमा रहेका छन् । सुलभ इन्भेष्टमेन्ट फन्ड भने असोज ३ गते परिपक्क हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS