IME Life New

एनएमबि लघुवित्तको १ लाख ८ हजार कित्ता शेयर लिलामीमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजबाट एनएमबि लघुवित्त वित्तीय संस्थाको १ लाख ८ हजार ७ सय ३३ दशमलव १३ कित्ता सेयर लिलामी विक्री खुला भएको छ । कम्पनीले यसअघि कात्तिक २४ गतेदेखी मंसिर २९ गतेसम्म २४ लाख ३० हजार ९३.७५ (१५० प्रतिशत) कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

उक्त समयमा सबै बिक्री नभएपछि बाँकी रहेको सेयर अब लिलामीमा ल्याइएको हो । आजबाट लिलामीमा विक्री खुला गरेको उक्त शेयरमा माघ १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । यसर्थ, लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ । बिक्री प्रकन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौबाट आवेदन दिन सकिनेछ ।

त्यस्तै, एनएमबि लघुवित्तको प्रमुख कार्यालय पोखरा महानगरपालिका २५, हेम्जा र सनराइज बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, वुटवल, नेपालगत्तज, सुर्खेत र धनगढीबाट पनि लिलामी सेयरमा आवेदन दिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS