IME Life New

एनएमबि माइक्रोफाइनान्सले हकप्रद सेयर निष्काशन गर्न माग्यो बोर्डसँग अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १५० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । माइक्रोफाइनान्सले १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

यस लघुवित्तले गत पुस २९ गते बसेको साधारण सभाबाट १४ करोड ८ लाख ७५ हजार चुक्ता पुँजीको १५५ बोनस सेयर र बोनस पश्चात कायम हुने पुँजीबाट १५० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।

Crest

प्रस्तावित बोनस सेयर सभाबाट पारित भई नेप्सेमा सूचीकरण समेत भइसकेको छ । कम्पनीले उक्त बोनस सेयरपछि कायम भएको १६ करोड २० लाख ६ हजार रुपैयाँ चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदपछि पुँजी ४० करोड ५० लाख ६९ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS