IME Life New

एनएमबि बैंकको “नयाँ वर्ष नयाँ धमाका, सजिलो क्युआर कर्जा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले नयाँ बर्ष २०८० को उपलक्ष्यमा नयाँ बर्ष, नयाँ धमाका नारा सहित एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात गरेको छ । नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै यस बैंकले सर्वसाधारणसम्म वित्तीय पहुंच सुनिश्चिताको लागि आर्टिफिसियल ईन्टेलिजेन्समा आधारित आन्तरीक प्रविधिको विकास गरी बैंकको क्युआर प्रणालीमा आवद्ध साना, मझौला तथा घरेलु उद्यमको आकश्मिक वित्तीय आवश्यक्तालाई ध्यानमा राखी रु. २ लाख सम्मको एनएमबि सजिलो क्युआर कर्जा प्रदान गर्नेछ ।

अर्थतन्त्रमा वास्तविक रुपले विद्युतीय कर्जा प्रणालीको बिस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उदेश्यका साथ शुरु गरिएको यस कर्जाबाट ग्राहकहरुको ब्यवसायलाई आवश्यक आकश्मिक वित्तीय आवश्यक्ता पूरा गर्न मद्धत पुग्न गई ब्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुको साथै बैंकले प्राथमिकतामा राखेको डिजिटाईजेशनको लक्ष्य प्राप्तिमा कोशेढुंङ्गा सावित हुने बिश्वास लिएको छ ।

Crest

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

4%

दु :खी

16%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS