IME Life New

एनआईसी एशिया लघुवित्तले ब्याज रकममा १० प्रतिशत छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशिया लघुवित्त संस्थाले आफना ऋणीहरुलाई साधारण ब्याजमा १० प्रतिशत छुट दिने भएको छ।
संस्थाले लकडाउनको अवधिलाई मध्यनजर गर्दै बैशाख मसान्तसम्ममा भुक्तानी गनुपर्ने किस्ता÷ब्याज रकम आर्थिक बर्ष २०७७ बैशाखको अन्तिम सम्ममा भुक्तानी गरेको अण्डमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना ब्याजको शतप्रतिशत छुट दिने भएको हो ।

साथै नेपाल राष्ट्र बैंकबाट जार िनिर्देशन बमोजिम संस्थाका ऋणीहरुले चैत मसान्तसम्ममा कायम रहेको कर्जा ब्याज दरमा ३ प्रतिशत छुट प्रदान गरे पश्चात् हुन आउने ब्याज रकममा समेत १० प्रतिशतको अत्तिरिक्त छुट दिने भएको छ।

Esewa
Crest

यस सुविधा अन्तर्गत मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहकको यस संस्थाको खातामा जम्मा गरिने बैंकले जनाएको छ।

यस संस्थाले राष्ट्र बैंकको निर्देशन वमोजिम २०७६ चैत मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम १९ लाख ८३ हजार ५ सय ६७ रूपैयाँ ग्राहकहरुको खातामा जम्मा गरिसकेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS