IME Life New

एनआईसी एशिया लघुबित्तको इटहरा शाखाले प्रहरी चौकीलाई दियो फलैचा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मोरंगको रतुवामाई नगरपालिका बडा नम्बर ९ मा रहेको एनआइसी एशिया लघुबित्त वित्तीय संस्थाको शाखा कार्यालय इटहराले इटहरा प्रहरी चौकिलाई दुई थान रेडिमेड फलैचा बितरण गरेको छ । इटहरा प्रहरि चौकिमा आज एक औपचारिक कार्यक्रमका बिच सो फलैचा हस्तान्तरण गरिएको हो । सोहि कार्यक्रममा दिपक सप्लायर्सले एक थान बायोस्याण्ड फिल्टर चौकिलाई उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआसी एशिया लघुवित्त वित्तीय संस्था शाखा कार्यलय इटहराका प्रमुख मुरारि लम्सालले यस प्रकारको सामाजिक कार्य आफनो संस्थाले पहिलो पटक गरेको नभई यस अगाडि पनि गर्दै आएको बताउ । कोरोना महामारीका बेला सदस्यहरुलाई निशुल्क मास्क र सेनिटाइजर बितरण गरेको कुरा मल्सालले स्मरण गराए । उनले बिपन्न परिवारलाई कम्मल बितरण जस्ता बिपन्नमुखि कार्यक्रम हरु सञ्चालन गरिसकेको बताउदै आगामी दिनमा सामाजिक हितका कार्यक्रमहरु अझ प्रभाबकारी ढंग बाट सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Crest

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै इटहरा प्रहरी चौकिका इन्चार्ज राम कुमार माझिले एनआईसी एसिया प्रति आभार प्रकट गरे । छलफलमा आएका सर्बसाधरणलाई बस्न ठाउ अभाब भैरहेका बेला एनआई एसियाले बितरण गरेको फलैचाले थप टेवा पुग्ने उहाको बिश्वास छ । उक्त कार्यक्रममा सहभागि बक्ताहरुले एनआईसी एशियाको कार्य प्रति खुलेर प्रशंशा गरेका थिए ।

कार्यक्रम इलाका प्रहरि कार्यालय सिजुवाका प्रमुख दिपक खरेल, रतुवामाई ९ का वडा अध्यक्ष ईन्द्र बहादुर लिम्बु,वडा सदस्य तारा भण्डारी, इटहरा प्रहरि चौकिका इन्चार्ज राम कुमार माझि लगायत अन्य प्रहरि जवानहरु, रतुवामाइ मानब अधिकार समुहका अध्यक्ष तेजप्रसाद भण्डारी,एमाले नेता मेघनाथ शर्मा कट्टेल, सामाजिक अभियान्ता प्रकास कार्की, एनआईसि एसिया लघुबित्त वित्तीय संस्था कोशि प्रदेश प्रमुख सम्राट कटुवाल, उर्लाबारी शाखाका प्रमुख केशवराज जोशि, इटहरा शाखा प्रमुख मुरारी लम्साल, कर्मचारि जालपा खडका, रिता देबि न्यौपाने र स्थानियवासीको सहभागितामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS