IME Life New

एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटलबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल, वीरगञ्ज, पर्साबीच सम्झौता भएको छ । उक्त हस्पिटलमा। उपचार गराउँदा बैङका कर्मचारी र ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैङ्ककातर्फबाट बैङ्कका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलकोतर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले हस्ताक्षर गरे ।

Esewa
Crest

सम्झौता पछि बैङ्कका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैङ्कका सम्पूर्ण ग्राहकवर्गलाई नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने गरी सम्झौता भएको हो ।

हालसम्म बैंकले मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ ओटा शाखारहित बैङ्किङ इकाई मार्फत् बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS