IME Life New

एनआईसी एशिया बैंकले शुरु गर्यो फोन लोनको सुविधा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी सेवा एनआईसी एशिया फोन लोनको शुभारम्भ गरेको छ । नवीनतम प्रविधिमा आधारित रहेर आधुनिक बैंकिङ्गलाई आत्मसात गरी आम जनमानसको बैंकिङ्ग अनुभवलाई सहज बनाइरहेको छ । यस बैंकले ल्याएको उक्त सेवाबाट ग्राहक महानुभावहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम २ लाख रुपैयाँ सम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहक महानुभावहरूले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सकिने छ । यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहक महानुभावहरूले कर्जा सेवा उपभोग गर्न सक्नेछन् ।

Crest

साथै, उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमा ग्राहक महानुभावको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहक महानुभावले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्रयोल गर्नेछ र कर्जा लिन योग्य ग्राहक महानुभावहरुको एनआइसी एशिया मोबाइल बैंकिङ एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ ।

कर्जा लिन योग्य ठहरिनुभएमा ग्राहक महानुभावले एनआइसी एशिया मोवाईल बैंकिङमा लगइन गरी त्यहाँ उल्लेखित एनआइसी एशिया फोनलोन आइकनमा ट्याब गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सकिने छ ।

‘डिजिटल फष्ट’ रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई एनआइसी एशिया प्लेटफर्ममार्फत अघि बढाइरहेको छ ।

जसअनुसार ग्राहक महानुभावहरूले आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिटेन्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसी÷एनसेल टपअप, युटिलीटी बिल भुक्तानी, शेयर आवेदन आदि जस्ता थुप्रै आकर्षक सुविधाहरू सहज रुपले लिन सकिने छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS