एनआईसी एशिया बैंक लिमिटेडले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको ‘समृद्धसँग जोडौँ नाताः सबै नेपालीको बैंक खाता’ भन्न नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ अभियानमा एकाकार गर्दै एनआइसीले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ सञ्चालन गरेको हो ।
२०७६ वैशाख १ गते देखी लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले एक सय नगद खातामा जम्मा गर्ने बैंकले जनाएको छ ।

















