IME Life New

एनआईसी एशिया बैंकले गर्यो घातक रोगको उपचार बापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले सुपर चामत्कारिक बचत खाता योजना अन्तर्गत घातक रोगको उपचार बापत १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी रकम प्रदान गरेको छ।

सुपर चामत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेलका ५७ वर्षीय केदारकुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त चेक हस्तान्तरण गरेको थियो ।

Esewa
Crest

बैंकले बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रूपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्चबापत १ लाख रुपैयाँसँगै विभिन्न निःशुल्क सुविधासमेत ग्राहकले पाउन सक्ने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS