IME Life New

एनआईसी एशिया बैंकद्धारा ‘सुपर सिक्स योजना’ सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वब्यापी कोभिड–१९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ ।

यस ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहक महानुभावहरूले यस बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा पाँच सय रुपैयाँसम्म रकम फिर्ता प्राप्त गर्न सक्ने छन् । यो योजना २०७७ भाद्र ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम एक सय रुपैयाँसम्मको कारोबार ग्राहक महानुभावहरूले गर्नुपर्ने व्यवस्था रहेको छ ।

Esewa
Crest

यस असाधारण समयमा ग्राहक महानुभावहरूको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ । यस योजनामा मोबाइल बैंकिङ्गमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन ।

बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै समयअनुरुप ग्राहकमैत्री एवं प्रोत्साहनमुलक योजनाहरू ल्याउदै आएको सर्वविदितै छ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

डिजिटल फस्ट बैंक बन्ने आफ्नो दिर्घकालीन रणनीति अनुरूप ग्राहक महानुभावहरूको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै आएको यस बैंकले गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले डिजिटल सेवा विस्तार गर्न सफल भएको छ ।

उक्त बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS