IME Life New

एनआईसी एशिया क्यापिटलका दुई फण्डद्धारा लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटल मार्फत संचालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छन्।

कम्पनी संचालक समितिको श्रावण २६ मा सम्पन्न ७५औं बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई १२ प्रतिशत (कर सहित) तथा दोश्रो योजना एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ८ प्रतिशत (कर सहित) का दरले लाभांश वितरण गर्ने जनाएको छ ।

Esewa
Crest

एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीलाई १० करोड २ लाख २४ हजार रुपैयाँ तथा एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाइ ६ करोड ४ लाख नगद लाभांश वितरण गर्नेछ ।

गत असार मसान्तसम्ममा ग्रोथ फण्डको खुद सम्पति मुल्य ११।७८ रुपैयाँ तथा ब्यालेन्सड् फण्डको खुद सम्पति मुल्य ११।०८ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS