IME Life New

एनआइसी एसियाको चमत्कारिक निक्षेप योजनामा १ करोड ३१ लाखको बीमा सुविधा पाईने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । एनआइसी एसिया बैंकले १ करोड ३१ लाख ५० हजार रुपैयाँसम्मको बीमा सुविधा सहितको सुपर चमत्कारिक निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक निक्षेप योजना ल्याएको हो । यस अघिको चमत्कारिक बचत निक्षेप योजनाको सफलता पछि सुपर चमत्कारिक बचत योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

नयाँ ‘सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाताले आम जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

Esewa
Crest

नयाँ सुपर चमत्कारिक निक्षेप योजनाहरुमा ग्राहकहरुले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोड रुपैयाँ सम्मको बीमा सुविधा, दम्पत्तिको लागि २५ घातक रोगहरुको लागि  ३० लाख रुपैयाँसम्मको बीमा सुविधा, परिवारका लागि १ लाख ५० हजार रुपैयाँसम्मको औषधी उपचार बिमा सुविधासमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सुपर चमत्कारिक बचत योजनाअन्तर्गत बैंकका ग्राहकहरुले देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्ने छन् । साथै कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS