IME Life New

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा आब्हान, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले असोज १६ गते साधारण सभा आब्हान गरेको छ । उक्त सभा असोज १६ गते शनिवार बिर्तामोडको सिद्धार्थ होटेलमा गर्ने निर्णय गरेको छ ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पारित हुनेछ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५ सय ४६ रुपैयाँ ९७ पैसा बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८ सय ७० रुपैयाँ ८९ पैसा नगद लाभांश गरि कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Esewa
Crest

त्यस्तै सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, सर्बसाधारण समुहबाट ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छन् ।

सभामा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने छ । त्यस्तै अन्य उपयुक्त संस्थासंग गाभ्ने गाभिनेबारे निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुने छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज १ गते देखि असोज ८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैलेमा भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS