IME Life New

एक्यानको आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट संघ एक्यान ले आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको छ। वालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर एक्यानका पदाधिकारीले लेखा तथा व्यवसायसंग सम्बन्धित नीतिहरुमा सहजीकरणका लागि आग्रह गरेका छन्।

अध्यक्ष वाग्लेको नेतृत्त्वमा गएको संघका पदाधिकारीहरुले कोभिड १९ ले सृजना भएको अवस्थामा बैंकिङ क्षेत्रमा हुनुपर्ने नीतिगत व्यवस्थाबारे एक प्रतिबेदन गभर्नर अधिकारिलाई बुझाउदै मौखिक सुझाब समेत दिएको छ। प्रतिबेदनमा ऋणको पुनर्तालिकीकरण, ब्याजलाई पुंजीकृत कसरि गर्ने, ऋणको बर्गिकरण र प्रोभिजनमा अब कसरि गर्ने, एनएफआरएसमा विद्यमान कठिनाई र त्यसको समाधान लगायतका बिषय समेटिएका छन्।

Esewa
Crest

अध्यक्ष आनन्द वाग्लेको नेतृत्त्वमा भेट्न गएका संघका पदाधिकारीहरुको कुरा सुनेपछि गभर्नर महाप्रसाद अधिकारिले पारदर्शिता तथा लेखा सम्बन्धमा चार्टड एकाउन्टेन्टहरुलाई सबै थाहा हुने भन्दै अहिलेको विषम परिस्थितमा वित्तीय शुसासन सन्तुलन रहनेगरि काम गरिदिन आग्रह गरेका छन्।

साथै प्रतिबेदनमा रिभेन्यु अडिट ‘, बैंकहरु को शाखाको अडिट, नेपालबाट विदेशमा पुंजी तथा लाभांश लैजादा चार्टड एकाउन्टेन्टको सर्टिफिकेट ‘CA Certificate for Repatriation of Dividend and Capital’, ओभरड्राफ्ट लोन लिंदा सिएको सिफारिस चाहिने व्यवस्था ‘‘Working Capital Certifications’, ’, तथा सीएहरुसंगै उनीहरुको फर्मलाई पनि सहुलियतमा कर्जा दिने व्यवस्था ‘Working capital Loan to the professional firm’ मौद्रिक नीति मार्फत नै गर्ने बिषय उल्लेख गरिएका छन्।

गभर्नर अधिकारिले भने, सबैले आ आफ्ना व्यवसायको हित हुनेगरि आगामी मौद्रिक नीतिका लागि सल्लाह सुझाब दिइरहेका छन् तर सबै क्षेत्रमा सन्तुलन रहनेगरि काम गर्नुपर्ने भएकाले अहिलेको विषम परिस्थितमा चार्टड एकाउन्टेन्टसहरुको भूमिका महत्त्वपूर्ण रहन्छ। त्यस्तै गभर्नर अधिकारिले मौद्रिक नीतिमा लेखा र लेखा परिक्षणलाई मौद्रिक नीतिमा भिन्नै शिर्षक दिनलाई राष्ट्र बैंकका अधिकारिलाई निर्देशन दिएका छन्।

अध्यक्ष वाग्लेले वित्तीय तथा अर्थतन्त्रको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्नलाई प्रोत्साहन तथा सहयोग गर्ने सरकारी निकाय नभएको गुनासो गर्दै कम्तिमा बैंक वित्तीय संस्थाले छुट्याउने सामाजिक उत्तरदायित्वको बजेटबाट यो काम हुने व्यवस्था मिलाउनलाई राष्ट्र बैंकलाई सुझाब दिएका छन्।

त्यस्तै राष्ट्र बैंकसँगको छलफलको लागि सहजीकरणको भूमिका निभाएका उपाध्यक्ष रमेश धितालले गभर्नर को जिज्ञासामा एनएफआरएसमा हाल रहेका प्रभावकारी ब्याजदर, कन्सोलिडीएसन, लगायतका कार्भ आउट को बारेमा र यसको अबधि र कार्यन्वयनमा रहेका चुनौती बारे सुझाब दिएका छन् । उनले अन्तरास्ट्रिय मापदण्ड अनुरुप एनएफआरएस परिमार्जन पश्चात इसीएल ९मोडल कार्यन्वयनमा राष्ट्र बैंकसंग काम गर्नका लागि नेपाल चार्टड एकाउन्टेन्ट संघ इच्छुक रहेको बताए।

छलफलमा गभर्नर अधिकारि सहित राष्ट्र बैंकको तर्फबाट नियमन बिभागका कार्यकारी निर्देशक देव ढकाल र टिकाराम खतिवडा उपस्थित थिए भने संघको तर्फबाट उपाध्यक्ष रमेश धिताल, महासचिव तेज सुबेदी लगायतको उपस्तिथी थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS