IME Life New

ऋण माग गर्दै बीमा समितिमा बीमितको उजुरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिमा बीमितहरुले भटाभट उजुरी दिन थालेका छन् । बीमा समितिले गत असार १७ गते जारी गरेको परिपत्र अनुसार बीमा कम्पनीहरुले बीमितलाई दुई वर्ष नपुगेको भन्दै ऋण दिन अस्वीकार गरेपछि बीमितहरुले समिति पुगेर उजुरी दिन थालेका हुन् ।

बीमा समितिले गत असार १७ गते एक पत्रपत्र जारी गर्दै समर्पण मूल्य र बीमालेख धितोमा ऋण प्रवाह गर्ने सम्बन्धी नयाँ व्यवस्था गरेपछि बीमितहरुले पुरानो व्यवस्था अनुसार ऋण नपाएको गुनासो गरेका छन् ।

Esewa
Crest

बीमा समितिले सो निर्देशिकामार्फत एकल बीमा शुल्क भएको जीवन बीमामा एक वर्ष र अन्य बीमामा दुई वर्ष नपुगी ऋण लिन नपाइने व्यवस्था गरेको थियो । सो कायान्वयनमा आएपछि सोही बमोजिमको पोलिसीहरु बीमा कम्पनीहरुले जारी गर्दै आएका छन् । तर, असार १६ वा सो भन्दा अगाडी जारी गरिएको बीमा लेख सो अवधीमा कायम रहेको शर्त बमोजिम एकल बीमा गरेको एक महिनाभित्रैमा ऋण पाउने व्यवस्था अनुरुप ऋण नपाएको भन्दै बीमितहरु बीमा समिति पुगेका हुन् ।

तर, बीमा कम्पनीहरुले सो निर्देशिका जारी हुनुभन्दा अगाडि अर्थात असार १६ गते वा सो भन्दा अगाडिको बीमालेखहरुमा समेत ऋण नदिएपछि बीमितहरु बीमा समितिमा पुगेका हुन् । बीमा समितिले सो बमोजिम पुरानो मितिमा जारी भएको बीमालेख पुरानो निर्देशिका अनुसार हुने भन्दै ऋण दिन सहमति प्रदान गरेको एक बीमितले इन्स्योरेन्स खवरलाई जानकारी दिए । अधिकांश बीमितिहरुले पुरानो मितिमा जारी भएका बीमालेखमा ऋण नपाउँदा अन्योलमा परेको गुनासो गरेका छन् ।

कम्पनीहरुले बीमा पोलिसीमा उल्लेख भएको सम्झौता बमोजिम ऋण दिन नमिल्ने भन्दै बीमा समितिको निर्देशन देखाउन थालेपछि बीमितहरु बीमा समितिमा उजुरी गर्न पुगेको समेत एक बीमितले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS