IME Life New

इन्स्योरेन्स शिक्षा: फलफुल खेती बीमालेख बारे जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


इन्स्योरेन्स शिक्षा: बीमा समितिले फलफुलको पनि बीमालेख योजना जारी गरेको छ । यस बीमालेखले फलफुल खेतीमा हानि नोक्सानि भएमा रक्षावरण गर्दछ ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरु
फलफुल खेती बीमा योजनाले सबै अवस्थामा रक्षावरण गर्दैन । फलफुलको बीमा अवधि भित्र आगलागी, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिँउ वा तुसारो, आकस्मिक अन्य दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हानी नोक्सानी भएमा मात्रै रक्षावरण गर्छ ।

Esewa
Crest

क्षतिपूर्ती नदिने अवस्थाहरु
फलफुल बीमाले केही निश्चित अवस्थामा दाबी भुक्तानी गर्दैन । जस्तै, फलफुल खेती धनी वा निजको परिवारको सदस्यले जानिजानि वा लापरवाहिको कारणले वा मनोरञ्जनको उद्देश्यको कारणबाट फलफुलकोे क्षति भएमा कम्पनीले दाबी भुक्तानी गर्दैन । सरकारी निकाय वा अन्य मान्यता प्राप्त कानुनी निकायको आदेशमा फलफुल खेती नष्ट गर्नु पर्ने भएमा, फलफुल चोरी भएमा, बीमितले आफ्नो जग्गा विक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन ।

युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्ध, राजद्रोह, सैनिक विद्रोहको कारणबाट बीमितको फलफुलको क्षति भएमा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन । फलफुल धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मुल्याङक गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा बीमक दावि प्रति उत्तरदायि हुने छैन् । यस्ता अवश्थाहरुमा बीमा कम्पनीले फलफुल खेतीको क्षतिपुर्ति प्रदान गर्दैन ।

बीमाशुल्क
बीमाशुल्क बीमाङ रकमको पाँच प्रतिशतका दरले प्रति वर्ष लाग्ने छ । साथै सदस्य संस्था मार्फत बीमा भएमा कुल बीमाशुल्कमा १५ प्रतिशत छुट दिईनेछ ।

सर्तहरु
फलफुलमा कुनै रोग किरा वा दुवै लागेमा फलफुल धनीले तत्काल आफ्नै खर्चमा उचित रेखदेख गराउनु पर्नेछ । बीमकले चाहेको जुनसुकै समयमा फलफुल निरीक्षण गर्न आउने बीमक वा तोकिएको संस्थाका आधिकारिक प्रतिनिधिलाई फलफुल खेतीको परीक्षण गर्न दिनु पर्नेछ । धनीले फलफुल खेतीको क्षति वा हानि नोक्सानि भएमा सोको ३ दिन भित्र लिखित जानकारी स्वयम् वा सदस्य संस्था मार्फत बीमकलाई दिनु पर्दछ । त्यस्तो जानकारी प्राप्त २४ घण्टाभित्र बीमक वा तोकिएको संस्था वा प्रतिनिधिले क्षति हानि नोक्सानिको निरिक्षण गर्न सक्ने हुनाले सो अवधिसम्म फलफुल खेती धनीले क्षति वा हानि नोक्सानिको स्थानलाई यथा अवश्थामा राख्नु पर्नेछ । तर क्षति न्यूनिकरण गनै चालिएको कदमलाई यस प्रावधानले बाधा पुर्याउने छैन् ।

दाबी सम्बन्धि प्रक्रिया
यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमा गरिएको फलफुलको हानि नोक्सानी भएमा सोको १५ दिनमा वा सो अवधि भित्र सम्भव नभएमा सोको कारण सहित सम्भव हुनासाथ बैंकं वा सदस्य मार्फत देहायका कागजातहरु बीमक समक्ष पेस गर्नु पर्नेछ । दाबी गर्दा सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतिवेदन, सम्बन्धित गाविस वा नगरपालिका ,वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी वा संधियारको सर्ज्िमन मुचुल्का समेत संलग्न गरी दाबी गर्नुपर्छ ।

प्रस्तुती : बिजया बास्कोटा 
[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, यदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धि कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ, [email protected]]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS