IME Life New

इन्स्योरेन्स शिक्षा: उत्पादनमा आधारित अन्न बीउ बाली बीमालेख बारे जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


इन्स्योरेन्स शिक्षा: बीमा समितिले अन्न बीउ बाली बीमा योजना ल्याएको छ । अन्न बीउ बाली उत्पादनमा कुनै क्षति भएमा बीमालेखले रक्षावरण गर्दछ ।
बीमालेखले रक्षावरण गर्ने जोखिमहरु
अन्न बीउ बाली उत्पादन योजनाले सबै अवश्थामा रक्षावरण गर्दैन । अन्न बीउ बाली उत्पादनको बीमा अवधि भित्र हानि नोक्सानि भएमा उत्पादन मूल्य अनुसारको वास्तविक क्षतिको ९० प्रतिशत सम्म रकम भुक्तान गर्दछ । बीमा अवधि भित्र अन्न बीउ बालीमा आगलागि, चट्याङ, भुकम्प, बाढी, डुवान, पहिरो, आँधीबेहरी, असिना, हिउँ वा तुसारो, आकस्मिक दुर्घटनाजन्य कारणहरु, किरा तथा रोगबाट हानि नोक्सानि भएमा मात्र बीमालेखले रक्षावरण गर्दछ ।

क्षतिपूर्ती नदिने अवश्थाहरु
अन्न बीउ बाली उत्पादन बीमाले केही निश्चित अवस्थामा दाबी भुक्तानी गर्दैन । जस्तै, अन्न बीउ बाली उत्पादनको धनी वा निजको परिवारको सदस्यले जानिजानि वा लापरवाहिको कारणले वा मनोरञ्जनको उद्देश्यको कारणबाट क्षति भएमा कम्पनीले दाबी भुक्तानी गर्दैन ।

Esewa
Crest

सरकारी निकाय वा अन्य मान्यता प्राप्त कानुनी निकायको आदेशमा अन्न बीउ उत्पादन खेती नष्ट गर्नु पर्ने भएमा, अन्न बीउ उत्पादन चोरी भएमा, बीमितले आफ्नो जग्गा विक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन । युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्ध, राजद्रोह, सैनिक विद्रोहको कारणबाट बीमितको अन्न बीउ बाली उत्पादनको क्षति भएमा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन । अन्न बीउ बाली उत्पादन धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मुल्याङक गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा बीमक दावि प्रति उत्तरदायि हुने छैन् । अन्न बीउ बाली उत्पादन गर्दा नेपाल सरकारद्धारा तोकिएका नियम, नीति, निर्देशन, कार्यविधि, तथा यस बीमालेखका सर्तमा तोकिए बमोजिम निश्चित प्रक्रिया पूरा नगरेको अवश्थामा कम्पनीले दाबी भुक्तानि गर्दैन । यस्ता अवश्थाहरुमा बीमा कम्पनीले अन्न बीउ बाली उत्पादनको क्षतिपुर्ति प्रदान गर्दैन ।

दाबी भुक्तानि प्रक्रिया
यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमितको अन्न बीउ बाली उत्पादन बालीको हानी भएमा सोको १५ दिनभित्र वा सो अवधि भित्र संभव नभएमा सोको कारण खुलाई संभव हुनासाथ बैंक वा सदस्य संस्था मार्फत दाबीका लागि आवश्यक पर्ने कागजजातका साथमा बीमक समक्ष पेश गर्नुपर्दछ ।

सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फाराम, बाली निरीक्षणको प्रतिवेदन, सम्बन्धित गाउँपालिका/नगरपालिका/वडा कार्यलय वा कम्तिमा नजिकको दुई जना छिमेकी वा संधीयारको सर्जिमिन मुचुल्का, क्षति भएको अन्न बीउ बाली फोटो समेत संकलन गरि दाबी गर्नु पर्दछ । बीउ रोपाई भएको १५ दिन भित्र क्षती भई बीमा दाबी परेको अवश्थामा बीमाङक रकमको ५० प्रतिशत मात्र दाबी भुक्तानि गरिनेछ । बीउ रोपाई भएको १६ दिन देखि ४५ दिन सम्म क्षती भई बीमा दाबी परेको अवश्थामा बीमाङक रकमको ७० प्रतिशत भुक्तान गरिनेछ । यसै गरी बीउ रोपेको ७० दिन पछि आँशिक क्षति भई दाबी परेको अवश्थामा उक्त बीउ बालीको अन्तिम कटा भै फरफारक हुन आउने परिमाणको ९० प्रतिशत मात्र दाबी भुक्तानि गरिनेछ ।

प्रस्तुती : बिजया बास्कोटा 
[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, यदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धि कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ, [email protected]]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS