IME Life New

इन्स्योरेन्स कम्पनीमा जागिर खान योग्यता होइन, टार्गेट लिने आट भए पुग्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

‘इन्स्योरेन्स क्षेत्रमा यति ठूलो संख्यामा रोजगरी सिर्जना गर्न पाएकोमा आफुलाई गौरवान्वित महसुस गर्छु,’ यो भनाइ करिब एक वर्ष अगाडी बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले भनेको कुरा हो। गत आर्थिक वर्ष संचालनको अनुमति पाए संगै ९ ओटा नयाँ जिबन बीमा कम्पनी र ३ ओटा निर्जिबन बीमा कम्पनीले बजारमा दह्रो उपस्थिति जनाईसकेका छन् ।

नयाँ बीमा कम्पनीहरुले बजारमा रोजगारी सिर्जना गर्न ठुलो भूमिका खेलेको कुरामा दुईमत छैन तर, पछिल्लो समय बीमा कम्पनीका कर्मचारीहरुको योग्यता औषत भन्दा कम देखिन थालेको गुनासो बढ्न थालेको छ। बीमा जस्तो सम्बेदनशील क्षेत्र छोटो समयको आर्थिक लाभ परिपूर्ति गर्ने थलो बनेको छ, तथा नियामक निकाय, बीमा कम्पनीहरुका अधिकारीहरुका आसे-पासेहरुको कमाईखाने भाड़ो बनेको देखिन थालेको छ।

Esewa
Crest

एकातिर बीमा क्षेत्रमा चरम जनशक्तिको अभाब तथा नयाँ बीमा कम्पनीहरुलाई छोटो समयमा धरै ब्यबसाय गर्नुपर्ने हतारोले बीमा क्षेत्रमा योग्य कर्मचारीको बिकाश हुन समय लाग्ने देखिन्छ। अहिले बीमा कम्पनीहरुले नयाँ कर्मचारी भर्ना गर्दा कर्मचारीको योग्यता, बिगतको इतिहाश, भबिष्यको आकलन केहि पनि नगरी केवल ब्यबसायको टार्गेट लिने आट भएका व्यक्तिहरुलाई कर्मचारीको रुपमा छनोट गर्ने गरेका छन् ।
‘अहिले केहि बीमा कम्पनीहरुले नियुक्ति पत्रमै टार्गेट तोकिदिने गरेका छन् भने टार्गेट अनुसारको तलब निर्धारण गर्ने गरेका छन्। ब्यबस्थापनले आशा गरे अनुसारको टार्गेट लिने बिश्वाश दिलाउन सक्ने हो भने बीमा कम्पनीमा जागिर खान योग्यता नचाहिने अवस्था अहिले बजारमा देखिन थालेको छ । अर्को तिर समयमै टार्गेट पुरा गर्ने कर्मचारीहरु को समेत अन्यकुरा मुल्यांकन नगरी बढुवा गर्ने परिपाटी बीमा क्षेत्रमा बढेको बीमा क्षेत्र सम्बद्ध अधिकारीहरुले औल्याउने गरेका छन् । टार्गेट लिने तर ब्यबसाय गर्न नसक्ने कर्मचारीहरुलाई तह घटुवा गर्न समेत बीमा कम्पनीहरु पछाडी नपर्ने अवस्था रहेको एक नयाँ बीमा कम्पनीका उच्च अधिकारीले जानकारी दिए ।

बीमा क्षेत्र निकै प्राविधिक बिषय तथा दीर्घकालीन महत्वको बिषय भएकाले बीमा कम्पनीमा जागिर खाने कुरा टार्गेटमा मात्र निर्भर रहनु राम्रो देखिदैन, ठुलो टार्गेट लिन राजी हुने कर्मचारीलाई अरु केहि पनि नहेरी तह निर्धारण तथा बढुवा गर्ने परिपाटीले बीमा क्षेत्रको बिश्वश्नियता काम हुन जाने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS