IME Life New

इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले सम्पति विवरण बुझाउनु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: बीमा कम्पनीहरुको कर्मचारी विनियमावलीमा एकरुपता गर्ने उदेश्यले बीमा समितिले बीमा कम्पनीका ‘कर्मचारी सेवा शर्त सम्बन्धी मार्गदर्शन २०७५’ जारी गर्ने तयारी गरेको छ । समितिले मार्गदशनको अन्तिम संरचना तयार गरी सञ्चालक समितिमा बुझाई सकेको छ । सञ्चालक समितिले स्वीकृत गरेपछि मार्गदर्शन कार्यन्वयन हुने समितिले बताएको छ ।

‘कर्मचारी सेवा शर्त सम्बन्धी मार्गदर्शन २०७५’ जारी भए पछि बीमा कम्पनीहरुमा काम गर्ने अधिकृत तह भन्दा माथिका कर्मचारीहरुले आफ्नो सम्पतिको विवरण दाखिला गर्नु पर्ने हुन्छ । मार्गदर्शन अनुसार बीमा कम्पनीहरुले आफना कर्मचारीको व्यक्तिगत सम्पति विवरणको रेकर्ड राख्नु पर्नेछ भने आवश्यक परेमा बीमा समितिलाई उक्त विवरण बुझाउनु पर्नेछ। सम्पत्ति शुद्धिकरण ऐन २०६४ जारी भए पश्चात बैंकिंग क्षेत्रका कर्मचारीहरुलाई यो व्यवस्था लागि भइसकेको छ। तर बीमा क्षेत्रमा भने यो व्यवस्था अनिबार्य गरिएको थिएन।

Esewa
Crest

‘कर्मचारी सेवा शर्त सम्बन्धी मार्गदर्शन २०७५’ ले बीमा कम्पनीहरुले कर्मचारी सम्बन्धी विनियमावली आफुखुशी निर्माण गर्दा एकरुपता नहुने हुदा सबै जिबन तथा निर्जिबन बीमा कम्पनीहरुलाई समेट्ने गरेर मार्गदर्शन जारी गर्न लागेको हो । यो मार्गदर्शनले विमकका कर्मचारीहरुले पाउँने सेवा सुविधाको बिषयमा सैद्धान्तिक आधार समेत तयार गर्ने बताइएको छ।

जस अन्तर्गत कर्मचारी कम्पनीको कर्मचारीको तह, तह अनुसार प्रवेशको उमेर पनि तोकिएको छ । त्यस्तै तह अनुसार कर्मचारीको शैक्षिक योग्यता पनि तोकिएको छ । साथै तह अनुसार कर्मचारीले पाउँने तलब भत्ता, बीमा, विदा लगायतका सुविधाको बिषयमा विमकहरुले आफनो कर्मचारी विनियमावलीमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS