काठमाडौं । इक्रा नेपालले कर्मचारी माग गरेको छ । कम्पनीले रिसर्च एनलाइस्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको जनाएको छ । उक्त पदमा आवेदन दिनका लागि म्यानेजमेन्ट, एकाउन्टिङ, फाइनान्स तथा अर्थशास्त्र विषयमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट मास्टर डिग्री गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।


















