IME Life New

आशा लघुवित्तको नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६ /७७ को चौथो त्रैमासको जित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३ दशमलव ७५ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षमा लघुवित्तले ३ करोड ८१ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९५ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषको अकार १ करोड ३४ लाख ६४ हजारबाट वृद्धि भई ७ करोड ४५ लाख रुपैयाँ सञ्चित भएको छ।

Esewa
Crest

गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार लघुवित्तले ८१ करोड ८९ लाख २७ हजार रूपैयाँ निक्षेप संकलन र १ अर्ब ४४ करोड ८२ लाख ३० हजार रुपैयाँ सापटीबाट २ अर्ब ३४ करोड ४६ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तले १६ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवको तुलनामा ४ करोड ८७ लाख १४ हजार रुपैयाँले खुद ब्याज आम्दानी बढेको हो।

लघुवित्तको सञ्चालन नाफा ७ करोड ९९ हजार रुपैयाँ पुगेको छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात १।४९ ले बढेर २।९८ प्रतिशत पुगेको छ।

वार्षिक प्रतिशेयर आम्दानी १६।४० रुपैयाँ छ। अघिल्लो आवको तुलनामा ०।६४ रुपैयाँले इपिएस घटेको हो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३२।०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७।५५ रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS