IME Life New

आवश्यक कागजातसहित दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई आईजीआई प्रुडेन्सियलको आग्रह

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आवश्यक कागजातसहित दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै गत असोज मसान्तसम्ममा क्षति भई कम्पनीमा प्राप्त हुन आएको बीमा सम्बन्धमा हालसम्म सर्भेयर वा कम्पनीमा आवश्यक कागजात पेस नभएको र सम्पर्कमा नआएका बीमितलाई यस्तो आग्रह गरेको हो। बीमितलाई आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन कम्पनीले सूचित गरेको छ।

Crest

दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सम्पर्कमा आउन बीमितलाई कम्पनीले समयसीमा दिएको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआएका बीमा दाबीका फाइलहरु बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

दाबी दर्ता भई आवश्यक कागजात प्राप्त हुन बाँकी बीमा दाबीको विवरण कम्पनीको वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS