IME Life New

आरम्भ लघुवित्तद्धारा शाखा प्रवन्धकको क्षमता अभिवृद्धि तालिम तथा गोष्ठी सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा काठमाण्डौं जिल्ला वत्तीसपुतलीमा २ दिने शाखा प्रवन्धकको क्षमता अभिवृद्धि तालिम तथा गोष्ठी” सम्पन्न भएको छ ।

उक्त तालिममा आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडका २० वटा शाखा कार्यालयका २० जना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।उक्त कार्यक्रममा प्रशिक्षकहरुमा पवन कुमार श्रेष्ठ, युवराज पौडेल, हरि प्रसाद सापकोटा, सन्तोष थापा, रिपेन्द्र दहाल, डिल बहादुर थापामगर, होम प्रसाद अधिकारी, कमल प्रसाद बराल, समना न्यौपाने रहेका थिए ।

Esewa
Crest

सहभागिहरुले संस्थाको वर्तमान अवस्था, आ.व/ २०७६।७७ प्रथम त्रैमासको शाखागत ,सदस्यता वृद्धि,जोखिममा रहेको कर्जा ब्यवस्थापन, उत्कृष्ट कार्य सम्पादन शाखा बनाउन आवश्यक उपायहरु,ब्यवस्थापन आन्तरीक तथा वाह्य लेखापरीक्षणका कैफियतहरु ,नेराबैंकले औंल्याएका कैफियतहरु, सुपरीवेक्षण तथा अनुगमन, शाखा प्रमुखको स्वघोषणा,जोखिममा रहेको कर्जा नियन्त्रण तथा ब्यवस्थापन , सञ्चालन आम्दानी खर्च अनुपात ९म्क्ऋच्०, ग्राहक सदस्य अभिवृद्धि रणनीतिका बारेमा जानकारी लिएका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत पवन कुमार श्रेष्ठले संस्थाको आ। व। २०७५ ०७६ को पहिलो त्रैमासिक ९।२३ लाख नोक्सान भएकोमा २०७६०७७ को प्रथम त्रैमासिकमा ३२।२६ लाख नाफा रहेकोले समग्रमा संस्थाको प्रगती भएको बताए ।

त्यस्तै, शाखा प्रबन्धक तर्फ श्री विवस पाण्डे यस्ता कार्यक्रमले सदस्य विस्तार, जोखिम रहेको कर्जा कसरी न्यूनिकरण गर्न सकिन्छ, यस्ता कार्यको के कस्ता रणनिति अपनाउनुपर्ने रहेछ भन्ने ज्ञान पाइएको बताएका थिए ।

हालसम्म संस्थाले देशको १५ वटा जिल्लाहरुका २० वटा शाखा काार्यालय मार्फत करिब १७००० ग्राहक सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS