IME Life New

यस्तो देखियो आरएमडिसी लघुवित्तको पहिलो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तयि संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले ६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा १ करोड २९ लाख रुपैयाँले कमी हो ।

१ अर्ब ३ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ५८ करोड २३ लाख रुपैयाँ सञ्चित रहेको छ। गत आ.वको असोज मसान्तसम्ममा लघुवित्तको चुक्तापूँजी ७९ करोड ९३ लाख रुपैयाँ रहेको थियो भने जगेडा कोषमा १ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ सञ्चित रहेको थियो।

Esewa
Crest

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १ करोड ६७ लाख ४५ हजार रुपैयाँ घटेर १० करोड १८ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ११ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा १ करोड ९४ लाख ७३ हजार रुपैयाँ घटेर ९ करोड ६१ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ११ करोड ५६ लाख रुपैयाँ संचालन मुनाफा गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको सापटी ७ अर्ब ५५ करोड ८७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ९६ करोड ७१ लाख रुपैयाँमा झरेको छ भने कर्जा ८ अर्ब ११ करोड ७८ लाख रुपैयाँबाट बढेर ८ अर्ब २७ करोड ५ लाख रुपैयाँ पुगेको छ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४३ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ २ सय ५३ रुपैयाँ कायम भएको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी ३६.५३ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS