IME Life New

आयो है ! सिंगटी हाइड्रोको शेयर डिम्याटमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमान्डौ।  सिंगटी हाइड्रो इनर्जीको शेयर डिम्याटमा देखिएको छ। मेरो शेयरमा SHEL भनेर संकेत देखिएको हो।

 

Crest

सिंगटी हाइड्रोले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

आईपिओमा १५ लाख ६५ हजार ५ सय ३० जनाले आवेदन दिएका थिए । जस मध्ये १५ लाख ५९ हजार ८ सय २ को आवेदन योग्य भएको र ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य आवेदक १५ लाख ५९ हजार ८ सय २ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जसमध्ये २ लाख ६९ हजार ७ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकको हात खाली भएका छन् ।

यो पनि :

सिंगटी हाइड्रो इनर्जीले पहिलो कारोवारको लागि कति पाउँला ओपनिङ रेञ्ज ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS