IME Life New

आम्दानी बढ्दा सर्वोत्तम सिमेन्टको नाफामा उछाल, ईपीएसमा पनि उल्लेख्य सुधार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पुससम्म कम्पनीले २४ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ५ लाख नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ६८३.२१ प्रतिशतको संकुचन आएको छ।

Crest

पुससम्म कम्पनीले उत्पादन बिक्री गरेर ३ अर्ब ९८ करोड २२६ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको बिक्री लागत ३ अर्ब ३२ करोड २६ लाख रुपैयाँ देखिएको छ। यो हिसाबले कम्पनीको कुल आम्दानी ६५ करोड ९६ लाख रुपैयाँ हुन आउँछ।

अघिल्लो वर्ष पुसम्म कम्पनीले उत्पादन बिक्री गरेर २ अर्ब ९२ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको बिक्री लागत २ अर्ब ४८ करोड ५९ लाख रुपैयाँ देखिएको थियो। यो हिसाबले कम्पनीको कुल आम्दानी ४४ करोड ३५ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी ३५.९४ प्रतिशत र लागत ३३.६६ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ३ अर्ब ९७ करोड ४७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ३ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ९.७० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १.४३ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १८६.५५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS