काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९ दशलमव ५६ अंकले बढेर २,६९८ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक बढेको छ । आज यस उपसूचक ४ दशमलव ९४ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।


















