काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आजअर्थात भदौ १४ गते सार्वजनिक बिदाको दिन समेत बैंकिङ सेवा प्रदान गर्ने भएको छ । सरकारले आज बिहिबार रक्षाबन्धन तथा गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । विदा भएता पनि यस बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्ने भएको हो ।


















