काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार तीव्रउतार चढावबीच सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक आज २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा बन्द भएको छ।
सामान्य बढेको बजारमा आज ८९ कम्पनीको शेयरभाउ बढेको छ भने १४२ कम्पनीको घटेको छ। यो दिन १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्से उपसमूहका १३ वटा समूहमध्ये ७ वटा बढेका छन् ६ वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह सर्वाधिक १.४ प्रतिशतले बढेको छ।
हिजोको तुलनामा आज शेयर बजारमा पनि बढेको छ। आज ७ अर्ब १९ करोड रुपैयाँबराबरको कारोबार भएको छ। हिजो ५ अर्ब ६६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
आज गुडविल फाइनान्सका शेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको शेयरभाउ करिब ८ प्रतिशतले बढेको छ।
यो दिन अप्पर सांगे हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक गुमाए। यी दुवै कम्पनीको शेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
यी हुन् शेयरधनीलाई मालामाल बनाउने १० कम्पनी


















