काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशलमव ६४ अंकले घटेर २,६९९ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सेन्ट्रल फाइनान्सका लगानकिर्ताले ६ दशलमव ५१ प्रतिशतका दरले कमाएका हुन् । सुपर मादीका लगानीकर्ताले ५ दशलमव ७१ प्रतिशतका दरले कमाएका हुन् ।


















