काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव ४१ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ । आज ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सनराइज फोकस्ड इक्विटी फन्डका इकाईधनीले ९ प्रतिशतका दरले कमाएका छन् ।


















