IME Life New

आईपीओ निष्काशनको प्रस्ताव सहित अजोड इन्स्योरेन्सले बोलायो असार ३० गते साधारण सभा, यस्ता छन् अन्य एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा असार ३० गते बस्ने भएको छ । कम्पनीको सञ्चालक समितिको असार ८ गते बसेको बैठकले साधारण सभाको मिति तोकेको हो । इन्स्योरेन्सले वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा दिउँसो ४ बजे साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गर्नुपर्ने ३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशन सहित अन्य ७ वटा प्रस्ताव राखेर असार ३० गते साधारण सभा बोलाएको हो । साधारण सभामा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश हुनेछ ।

Esewa
Crest

सभामा कम्पनी नियमावलीको नियममा संसोधन गर्ने तथा उक्त संसोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा नियामक निकायबाट आएको निर्देशन अनुरुप आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक शेयरधनीहरुको ततर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचन गर्ने लगायतका विषयमा छलफल गरि पारित गर्ने एजेण्डा छ ।

साथै, सभामा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, एनएफआरएस प्रतिवेदन, सञ्चालकहरुको बैठक भत्ता वृद्धि तथा आव २०७५/०७६ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा साधारण सभामा रहेका छन्।

बीमा समीतिले निर्जिवन बीमा कम्पनीहरुलाई न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ। सोही अनुरुप हाल संस्थापकबाट ७० प्रतिशत हिस्सा बराबरको ७० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याइसकेको कम्पनीले ३० करोडको साधारण शेयर जारी गरेर बीमा समितिले तोके अनुसारको चुक्ता पूँजी पुर्याउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS