IME Life New

आइसीएफसी फाइनान्सको तेस्रोे त्रैमासको वित्तिय विवरण सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठडमाडौं लकडाउनको अवस्थामा पनि आइसीएफसी फाइनान्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
फाइनान्सले तेस्रो त्रैमासको अवधिसम्ममा १० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा फाइनान्सले १० करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलना फाइनान्सको खुद नाफा २ प्रतिशते घटेको छ ।

त्यस्तै फाइनान्सको संचालन नाफा समेत २ दशमलव १३ प्रतिशतले घटेको छ । संचालन नाफामा कमि आँउदा यो बर्ष कम्पनीको नाफा घटेको देखिएको छ। फाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १५ करोड २१ लाख रुपैयाँ संचालन नाफा गरेको छ । फाइनान्सले गत बर्षको सोहि अवधिमा १५ करोड ६३ लाख रुपैयाँ संचालन नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा फाइनान्सले ११ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने ९ अर्ब ७ करोड ५० लाख रुपैयाँ कर्जामा लगानी गरेको छ ।

Esewa
Crest

हाल फाइनान्सको चुक्ता पुँजी ९२ करोड ६५ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २७ करोड २९ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमासको अन्त्यसम्ममा फाइनान्सको निष्किय कर्जा ० दशमलव ३८ प्रतिशतबाट बढेर ० दशमलव ६५ प्रतिशत पुगेको छ ।
फाइनान्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४५ पैसा , प्रतिशेष्र नेटवर्थ १४२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १० दशमलव ९४ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS