IME Life New

आइपीओ निष्काशन गर्ने प्रस्तावसहित सानिमा लाइफले जेठ २३ गते डाक्यो वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स  कम्पनीले जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको बैशाख ३१ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो ।

सभा कम्पनीको आफ्नै प्रधान कार्यालय, कमलादी, काठमाडौंमा, बिहान ११ बजे गर्ने जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने समेत कम्पनीले जनाएको छ ।

Esewa
Crest

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पेश गर्ने,आर्थिक वर्ष २०७५ /७६ को लेखा परिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान तथा नगद प्रवाह तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने प्रस्ता रेहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७६/ ७७ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।

त्यसैगरी सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS