IME Life New

आइजीआई प्रुडेन्सियलमा रोजगारीको अवसर, दरखास्त पेश गर्न ४ दिन बाँकी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बजार विभाग अन्तर्गत विभिन्न तहका लागि कर्मचारी भर्ना गर्न आवेदन माग गरेकोमा आवेदन दिने समय अवधि अब चार दिन मात्र बाँकी छ । कम्पनी सहायक प्रबन्धक (असिस्टेन्ट म्यानेजर), वरिष्ठ विकास अधिकृत (सिनियर डेभलपमेन्ट अफिसर),बजार अधिकृत( मार्केटिङ अफिसर ), वरिष्ठ बजार अधिकृत (सिनियर मार्केटिङ अफिसर), प्रशिक्षार्थी विकास अधिकृत(  ट्रेनी डेभलपमेन्ट अफिसर), उप विकास अधिकृत ( डेपुटी डेभलपमेन्ट अफिसर) र विकास अधिकृत (डेभलपमेन्ट अफिसर) पदका लागि नयाँ कर्मचारी भर्ना गर्न आवेदन माग गरेकाे हाे ।

आवेदन दर्ताका लागी न्यूनत्तम उच्च मावि (प्लस टु ) तहदेखि स्नातक तहसम्मकाे शैक्षिक याेग्यता निर्धारण गरिएकाे छ । कम्पनीमा रोजगारीका लागी आवेदन दिनुपूर्व समान तह वा एक तह मुनि समान किसिमकाे जिम्मेवारीमा बै‌ंक वा बीमा कम्पनीमा कम्तीमा १ वर्षको कार्य अनुभव हुनुपर्ने शर्त रहेकाे छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन १० गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

Crest

खुल्ला गरिएकाे पदमा भर्नाका लागी स्थानीयलाई प्राथमिकता दिइने उल्लेख गरेपनि काम गर्नुपर्ने भाैगाेलिक क्षेत्रबारे सूचनामा कुनै जानकारी उल्लेख गरेकाे छैन । कर्मचारी छनाैटकाे कुनै पनि चरणमा अनावश्यक प्रभाव पार्ने प्रयास गरेमा कुनै पनि बेला आवेदन अस्वीकृत गरिने चेतावनी समेत कम्पनीले दिएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS