IME Life New

आइएमई लघुवित्तको नाफा ५३ प्रतिशतले सुधार हुँदा प्रतिशेयर आम्दानी ७३ रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाशिक अवधिमा ५३ प्रतिशतले नाफा बढाएको छ। नाफामा उल्लेख्य सुधार सँगै प्रतिशेयर आम्दानी १३ रुपैयाँले बढेर ७३ रुपैयाँ पुगेको छ। संस्थाले पुस मसान्तसम्ममा १२ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो।

संस्थाले २३ प्रतिशतले पुँजी बढादा पनि प्रतिशेयर आम्दानी सुधार गर्न सफल भएको हो। हाल संस्थाको चुक्ता पुँजी ३३ करोड ८ लाख रुपैयाँ रहेको छ। संस्थाले सर्वसाधारण निक्षेप ३१ प्रतिशतले बढाएको छ भने कर्जा लगानी १० प्रतिशतले मात्रै बढाउन सकेको छ।

Esewa
Crest

खुद व्याज आम्दानी भने ३५ प्रतिशतले बढाएर १९ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा १४ करोड ३७ लाख रुपैयाँ थियो।  ६ महिनाको अवधिमा संस्थाले एक अर्ब ५९ करोड रुपैयाँ बरोइङ गरेको छ भने सर्वसाधारण बाट एक अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कर्जा लगानी भने ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ।

कोभिडका कारण खराव कर्जामा सामान्य सुधार गरेको छ। खराव कर्जा ३ दशमलब ४६ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS