IME Life New

असार महिनामा निर्जिबन बीमा कम्पनीहरुले जारी गरे करिब पौने दुई लाख बीमालेख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शिखर अगाडी, ओरियण्टल पछाडी (कुन कम्पनीले कति जारी गरे पूर्ण विवरण)

गत असार महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब पौने दुई लाख वटा बीमालेख जारी गरेका छन् । बीमा कम्पनीबाट प्राप्त तथ्यांक अनुसार उक्त महिनामा १८ निर्जीवन बीमा कम्पनीहरुले १ लाख ७९ हजार ९ सय ६३ बीमालेख जारी गरेका हुन् । जेठ महिनामा भने कम्पनीहरुले १ लाख ९६ हजार ६ सय ४१ बीमालेख जारी गरेका थिए ।

Esewa
Crest

सो अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २६ हजार ९ सय ९९ वटा बीमालेख जारी गरेको छ । त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले २४ हजार ३ सय ३९ वटा बीमालेख जारी गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीले १७ हजार ७ सय ३४ वटा बिमालेख जारी गरेको छ ।

पुराना कम्पनीमध्ये नेशनल र दि ओरियण्टल इन्स्योरेन्स कम्पनीले सबैभन्दा थोरै बीमालेख जारी गरेका छन् । दि ओरियण्टलले २ हजार ६ सय २० र नेशनल इन्स्योरेन्सले २ हजार ७ सय ९४ वटा बीमालेख जारी गरेको छ ।
नयाँ कम्पनीहरुमध्ये अजोड इन्स्योरेन्सले ३३ वटा र सानिमा इन्स्योरेन्स कम्पनीले १५ वटा बिमालेख जारी गरेको छ ।

पूर्ण विवरण सुचिसहित 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS