IME Life New

अर्थमन्त्री पौडेलसहित तीन मन्त्रीद्वारा शपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल सहितका तीन जना मन्त्रीहरुले आज विहान पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् ।

शपथ ग्रहणपछि तीनै जना मन्त्रीहरुले सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अर्थमन्त्री विष्णु पौडेलले २० करोड डलर ऋण लिने सम्बन्धी एक फाईलमा हस्ताक्षर गरेका छन् । पौडेले पाँच वर्ष पछि अर्थमन्त्रालयमा प्रवेश गरेका हुन् । यसअघि २०७२ सालमा नौ महिना अर्थमन्त्री बनेका थिए । प्रचण्डले धोका दिएपछि केपी ओली नेतृत्वको सरकार ढलेसँगै पौडेल अर्थ मन्त्रालयबाट बाहिरिएका थिए ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS