IME Life New

अभिकर्ता प्रशिक्षणका लागि हिमालयन लाइफको पाटन शाखाले ल्यायो फ्राइडे टःक कार्यक्रम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको पाटन शाखाले अभिकर्ताहरुलाई प्रशिक्षया तथा अन्तरक्रियाका लागि फ्राइडे टःक नामक कार्यक्रम संचालनमा ल्याएको छ । कम्पनीको पाटन शाखाले केही फरक र नयाँ गर्ने उद्देश्यका साथ यस कार्यक्रम संचालनमा ल्याएको हो । कम्पनीका शाखा प्रमुख बद्री सुबेदीले भदौ १ गते देखि शाखा कार्यलयमा आवद्ध अभिकर्ताहरुलाई प्रशिक्षण तथा अन्तरक्रिया गर्नका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याएका हुन् ।

अभिकर्ताहरुलाई ज्ञानबद्र्धक, शिपबद्र्धक बनाउँदै बीमा व्यवसाय प्रती निष्ठावान, प्रतिबद्ध, जागरुक तथा बीमितप्रती जिम्मेवार एबम जवाफदेही बनाउनका लागि शाखाका अभिकर्ताहरुकै पहल कदमिमा बढी भन्दा बढि प्रशिक्षित गर्दै दक्ष, योग्य एबम प्रोफेसनल अभिकर्ता निर्माण गर्नुपर्ने मुख्य उद्देश्य रहेको यस कार्यक्रमको लगातार तेस्रो एपिसोड भव्यताको साथ सम्पन्न गरिएको छ ।

Crest

साथै कार्यक्रममा व्यवसायिक समीक्षा, बजारका समस्या, जनगुनासो तथा व्यवसायीक उपलब्धी सफलता हासिल गरिएका बिषयमा समेत छलफल गरिएको छ ।

बजारमा रहेका बीमा वा जीवन बीमाप्रतिको गलत बुझाइ, नकारात्मक धारणा एबम बिचारलाई अन्त्य गर्नका लागि दक्ष अभिकर्ताको आवश्यक्ता रहेको हुँदा यस प्रकृतिको कार्यक्रमको बिजारोपण गरिएको कम्पनीका पाटन शाखा प्रमुख बद्री सुबेदीले जानकारी दिए ।

बीीमा जागरणसँगै आफूसंग भएका नयाँ नयाँ किसिमका सीप, क्षमता, मौलिकता, कला कौसलता प्रस्तुत गर्दै यो व्यवसायमा स्वतस्फूर्त रुपमा रमाउदै, सिक्दै, नेतृत्वको बिकाश गर्दै जाने मार्गदर्शकको रुपमा यो कार्यक्रम रहेको कुरा कम्पनीका सिनियर एजेन्सी मेनेजर एबम ट्रष्ट टिम नेपालका संस्थापक खिबराज दाहालले जानकारी दिए ।

कार्यक्रममा कम्पनीका पाटन शाखा प्रमुख बद्री सुवेदी, हिमालयन लाइफका नेपाल प्रथम ईन्द्र बहादुर बि.क., पाटन शाखा प्रथम श्रीकृष्ण नेपाल, सिनियर एजेन्सी मेनेजर खिबराज दाहाल, श्याम सुवेदी लगायत अन्य बिमा अभिकर्ताहरुको सहभागिता रहेको फ्राइडे टःक कार्यक्रमको अर्को संस्करण आगामी शुक्रवार दिउँसो ३ बजे रहेको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS