IME Life New

अब देखि बीमा कम्पनीले दुई वटा वित्तिय विवरण बुझाउनु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा कम्पनीहरुले अब देखि नेपाल वित्तिय प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तिय विवरण बुझाउँनु पर्नेछ भएको छ । बीमा समितिले दिएको निर्देशन अनुसार कम्पनीहरुले चालु आर्थिक बर्ष २०७५/७६ देखि अनिवार्य रुपमा एनएफआरएस ढाँचामा वित्तिय विवरण बनाउँनु पर्नेछ ।

एनएफआरएस भनेको अन्तराष्ट्रिय वित्तिय रिपोटिगं स्ट्याडण्र्डसँग मिल्ने वित्तिय विवरणको ढाँचा हो । नेपालको बीमा कम्पनीहरुको वित्तिय विवरणको संरचनालाई अन्तराष्ट्रिय स्तरको बनाउन समितिले यस्तो खालको संरचनामा वित्तिय विवरण बुझाउनु निर्देशन दिएको हो । योसँगै अब देखि बीमा कम्पनीहरुले दुई वटा संरचनामा विवरण तयार पार्नुपर्नेछ ।

Esewa
Crest

कम्पनीहरुले अहिले तयार पादै आएको वित्तिय विवरणको संरचनालाई नियमनमा आधारित वित्तिय विवरण भनिन्छ । अर्थात् नियमनकारी निकायलाई आवश्यक पर्ने सुचकहरुको आधारमा रहेको बनाईएको ढाँचा । तर, यस्तो खालको ढाँचा अन्तराष्ट्रिय ढाँचाहरुसँग मेल खादैन । अर्थात् अन्य मुलुकका बीमा कम्पनीहरुले तयार पारेको विवरण र नेपाली कम्पनीहरुले तयार पारेको विवरणमा भिन्नता छ । जसका कारण विदेशीहरुलाई नेपाली कम्पनीको विश्लेषण गर्न कठिन हुन्छ ।

तसर्थ अब देखि कम्पनीहरले सिद्धान्तमा आधारित संरचनामा पनि वित्तिय विवरण पेश गर्नुपर्नेछ । सिद्धान्तमा आधारित वित्तिय विवराणको संरचनाको सुचकहरु नेपाल लेखामान बोर्डले तय गर्नेछ । लेखामान बोर्डले गत अघिल्लो आव देखि नै उक्त संरचनामा वित्तिय विवरण बनाउन निर्देशन दिएको थियो । सोही बमोजिम नेपाल राष्ट्र बैंकले बाणिज्य बैकहरुले अघिल्लो बर्ष देखि नै यस्तो खाका वित्तिय विवरण बनाउन निर्देशन दिएको छ । समितिले भने चालु आव देखि मात्रै यसलाई अनिवार्य गरेको हो ।

समितिले कम्पनीहरुले अघिल्लो आव र गत आवको ग्याप एनलाईसिस गर्न निर्देशन दिएको थियो । सोही बमोजम कम्पनीहरुले हाल समिलिाई ग्याप एनलाईसिस बुझाई रहेका छन् । चालु आवमा कम्पनीहरु नियमन र सिद्धान्तमा आधारित वित्तिय विवरण बुझाउँनेछन् ।

समितिको बिषेश उद्धेश्यका लागी नियमनमा आधारित वित्तिय विवरण हेरिन्छ भने सामान्य प्रयोग लागी सिद्धान्तमा आधारित वित्तिय विवरण हेरिनेछ । नियमनमा आधारित विवरण पुरानो मूल्यको आधारमा तयार पारिन्छ भने सिद्धान्तमा आधारित विवरण बजार मूल्यको आधारमा तयार पारिन्छ । यो विवरणको ढाँचाले बीमा कम्पनीहरुमा पारदर्शिता ल्याउँने र यो बढी बैज्ञानिक हुने समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS